विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोकौँ : प्रवक्ता महत
काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन वैधानिक र व्यवहारिक कोणबाट उचित नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कर्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेकाले अहिले विशेष महाधिवेशन सान्दर्भिक नभएको बताए । उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै संशोधित कार्यतालिकाअनुसार नै अघि बढ्न आग्रह गरे । आम निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने भन्दै विशेष महाधिवेशनको सन्दर्भमा तत्काल रोक्नुपर्ने बताए ।
उनले भने, ‘पार्टीले एउटा निर्णय गरिसकेको छ । नियमित अधिवेशन गर्ने । नियमित अधिवेशन यो समयमा सम्पन्न गर्न नसकिने अवस्थामा संशोधित कार्यतालिका पास गरेको छ । त्यो निर्णय हामी सबैले मान्नुपर्छ । पदाधिकारी साथीहरुले त झन् निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ । यो अवस्थामा विशेष अधिवेशनको वैधानिक, व्यवहारिक कोणबाट उचित छैन । विशेष अधिवेशनमा सहभागी हुन हुँदैन ।’
महतले भने, ‘आम निर्वाचनमा सम्पूर्ण पार्टीको शक्ति केन्द्रित गरौँ । हामी अझै चाहन्छौँ, विशेष अधिवेशनको सन्दर्भलाई यहीँ रोकौँ । सम्पूर्ण पार्टी एकत्रित भएर जाऔँ । आम निर्वाचनमा जाने क्रममा एजेण्डा लिएर जानेबारे सोचौँ । आम कार्यकर्ताको भावनाअनुसार पार्टी चल्ने हो । यो अवस्थामा हामी विभाजित हुने होइन, एकत्रित भएर सम्पूर्ण शक्ति लगाएर आम निर्वाचनमा केन्द्रित हुनुपर्छ । नीतिगत प्रस्तावहरु केन्द्रीय समितिबाट पारित गरौँ ।’
प्रवक्ता महतले अहिले कांग्रेस विचाजित हुने नभइ एकत्रित भएर आम निर्वाचनमा लाग्ने बेला भएको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण