व्यक्तिगत इच्छा र आकांक्षाबाट माथि उठेर नागरिक सुरक्षामा लागौँ : महानिरीक्षक कार्की
काठमाडाैँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिएको बताएका छन् । शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका भवनहरु जलाइएको, धेरै क्षति गरिएको भएपनि खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिरहेको बताए । प्रहरी कर्मचारीहरुले दुःखको अवस्थामा आफ्नो दायित्ववोध गरेर अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिक रुपमा दिनुपर्ने दायित्ववोधका साथ काम गरिरहेको बताए । उनले कुनै पनि व्यक्तिगत इच्छा,आकंक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लाग्न निर्देशन दिए ।
उनले भने, ‘जेनजी आन्दोलनमा भवनहरु जलेका, सबै क्षति भएका छन् । खरानीबाट हामी उठेर अब फेरि नागरिकको सुरक्षाका लागि खटिने प्रयत्न गरिरहेका छौँ । यो ट्राफिक प्रहरीले पनि गरेको छ । सबै प्रहरी कर्मचारीहरु दुःखको अवस्थामा आफ्नो दायित्ववोध गरेर अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिक रुपमा दिनुपर्ने दायित्ववोध गरेर आएका छौँ । कुनैपनि व्यक्तिगत इच्छा,आकंक्षा र इन्द्रिय सुखबाट माथि उठेर माथिल्लो तहको नागरिक सुरक्षाको तहमा काम गर्ने प्रण गरौँ ।’
प्रहरी महानिरीक्षक कार्कीले सबैको जिम्मेवारी सभ्य नागरिक बन्ने हुनुपर्ने बताए । कानुन कार्यान्वयनले कानुनी शासन ल्याउने र कानुनी शासनले सुशासन, सुशासनले समृद्धि र समृद्धिबाट सभ्यता कायम रहने बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण