बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

रास्वपा र उनेपाबिचको सहकार्यको सम्भावना अन्त्य !

शनिबार, २६ पुस २०८२, १५ : ०१
शनिबार, २६ पुस २०८२

सारांश

  • उज्यालो नेपाल पार्टी र रास्वपाबीचको सहकार्य अन्त्य भएको छ, किनभने उनीहरू लोकतान्त्रिक सिद्धान्तमा असहमत भए।
  • उज्यालो नेपाल पार्टीले संघीयता र धर्मनिरपेक्षतामा फरक धारणा राखेको थियो, जसले रास्वपासँगको एकतालाई असर गर्यो।
  • रास्वपाले सिट बाँडफाँड र सरकारमा अवसरहरूको भागबन्डामा सहमति जनाउन नसकेपछि सहकार्य टुंगिएको हो।

काठमाडौँ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिचको सहकार्यको सम्भावना अन्त्य भएको छ । 

आफूहरूले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने माग उज्यालो नेपाल पक्षले राखेपछि रास्वपाले त्यसमा असहमति जनाएसँगै दुई पार्टीबिचको एकता नहुने देखिएको हो । शनिबार एकताका लागि दुई पक्षबिच कुराकानी भएको थियो । 

कुराकानीका क्रममा रास्वपा पक्ष अवस्था परिवर्तन गर्ने अभियान लागेको तथा व्यवस्था र संविधानमा विमति नरहेको स्पष्ट धारणा राखेको थियो, तर यस विषयमा उज्यालो पक्षले असहमति जनाएको बुझिएको छ । संघीयता र धर्मनिरपेक्ष लोकतान्त्रिक गणतान्त्रिक संरचनाको कुरामा उज्यालो नेपाल पार्टी (उनेपा) ले फरक धारणा राखेको थियो । 

'पदाधिकारीमा अहिले भएकोमा थप तीन वटा पद दिनुपर्ने, साथै वरिष्ठ उपसभापति कुलमानजीलाई दिनुपर्ने, थप एक महामन्त्री राखेर त्यो उज्यालो नेपाल पार्टीको भागमा पर्नुपर्ने मागमा रास्वपाले सहमति जनाउन सकेन,' छलफलपछि रास्वपका प्रवक्ता मनीष झाले रातोपाटीलाई बताए ।  

आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीको लागि सिट तोकेरै जानुपर्ने उज्यालो पार्टीको मागमा पनि रास्वपाले विमति जनाएको हो । 'भविष्यमा सरकार बन्दै गर्दाखेरि सिर्जना हुने राज्यका विभिन्न अवसरहरूबरे अहिले भागबन्डा गरेर अगाडि बढ्नुपर्ने धारणा कुलमान पक्षको थियो, त्यसमा सहमति हुन सकिएन,' रास्वपा स्रोतले बतायो । 

स्रोतका अनुसार रास्वपा देश बदल्ने अभियानमा रहेकाले एउटा निर्वाचन र त्यसको उपलब्धिमै सबै छलफल सीमित नगरौँ भन्ने प्रस्ताव गरेको थियो । 'यस प्रकारका मागहरू राखेका कारण सहमति हुन नसकेपछि रास्वपा र उनेपा बिचको सहकार्य औपचारिक रूपमा टुंगिएको घोषणा मात्र हुन बाँकी रहेको अवस्था छ,' स्रोतले भन्यो । 

यद्यपि उनेपाका संरक्षक रहेका कुलमान घिसिङका अनुसार आफूहरूका तर्फबाट हिजै यस विषयमा टुंगो लागे पनि रास्वपाको जवाफ आइसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप