मधेसका मुख्यमन्त्री यादवको क्षेत्रबाट १७ महाधिवेशन प्रतिनिधि काठमाडौँ हिँडे
शनिबार, २६ पुस २०८२, १५ : ३९
सारांश
- रौतहटबाट १७ जना महाधिवेशन प्रतिनिधि कांग्रेसको विशेष महाधिवेशनमा भाग लिन काठमाडौं गएका छन्।
- कांग्रेस रौतहट जिल्ला उपसभापतिले ६० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने बताए।
- विशेष महाधिवेशनमा पार्टीको भावी नेतृत्व, नीति र संगठनबारे छलफल हुनेछ।
रौतहट । नेपाली कांग्रेस रौतहट– १ बाट १७ जना महाधिवेशन प्रतिनिधिहरू पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँ हिँडेका छन् । कांग्रेस रौतहट जिल्ला उपसभापति धिरेन्द्रकुमार सिंहले जिल्लाबाट ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।
कांग्रेसको मधेस प्रदेशका सभापतिसमेत रहेका मुख्यमन्त्री यादवको निर्वाचन क्षेत्रबाट १७ महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनका लागि काठमाडौँ हिँडेको महाधिवेशन प्रतिनिधि रामकृपा यादवले जानकारी दिए ।
विशेष महाधिवेशनमा पार्टीको भावी नेतृत्व, नीति तथा सङ्गठन सुदृढीकरणका विषयमा गम्भीर छलफल हुने उनले बताए । मुख्यमन्त्री यादव संस्थापन पक्षीय नेता हुन् । संस्थापनले विशेष महाधिवेशनको मान्यता दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण