बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त

शनिबार, २६ पुस २०८२, १६ : १४
शनिबार, २६ पुस २०८२

सारांश

  • उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्।
  • शनिबार बसेको आकस्मिक बैठकले घिसिङलाई अध्यक्ष नियुक्त गरेको हो।
  • राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता प्रयास असफल भएपछि दुवै पार्टी अलग-अलग चुनावमा जाने भएका छन्।

काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी(उनेपा)को अध्यक्ष नियुक्त भएका छन् । शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए । 

उनका अनुसार कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबारै साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको छ । 

यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सम्झौता भए पनि कुरा नमिलेपछि अव दुवै पार्टी अलग अलग चुनावमा जाने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप