कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको पार्टी एकतामा कुरा नमिलेपछि उज्यालो नेपाल पार्टीले पत्रकार सम्मेलन गर्दैछ।
- दुई पार्टीबीचको सहकार्य टुङ्गिएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ भने उनेपाको केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष घोषणा गर्ने भएको छ।
- रास्वपाले धर्मनिरपेक्षता र समावेशिता जस्ता विषयमा विमति जनाएपछि सहकार्य टुट्यो, भने रास्वपाले भागबन्डा नमिल्दा कुरा नमिलेको जनाएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग पार्टी एकतामा कुरा नमिलेपछि उज्यालो नेपाल पार्टीले केहीबेरमा पत्रकार सम्मेलन गर्ने भएको छ । विगतमा गरेको सहमति कार्यान्वयन र पूरक सम्झौताबाट रास्वपा पछि हटेपछि दुई पार्टीबिचको सहकार्य टुङ्गिएको दुवै पक्षले जनाएका छन् ।
सहकार्य टुङ्गिएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ भने उनेपाको पनि आकस्मिक केन्द्रीय कमिटी बैठक बसिरहेको उनेपाका नेता गणेश घिसिङले जानकारी दिए । उनका अनुसार जारी केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष घोषणा गर्ने छ । उक्त निर्णयसहित कुलमानले साढे पाँच बजे पार्टी कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
‘रास्वपाले धोका दियो । त्यसैले सहकार्य गर्न सकिएन’, कुलमान निकट गणेश घिसिङले रातोपाटीसँग भने,‘संविधान मान्छु भन्ने तर संविधानको स्पिरिटअनुसार चल्न नखोज्ने देखियो ।’ स्रोतका अनुसार रास्वपाले धर्मनिरपेक्षता, समावेशितालगायतका आधारभूत सैद्धान्तिक विषयमा रास्वपाले विमति जनाएको छ । तर रास्वपा पक्षले भने कुलमान र उज्यालो नेपाल पक्षले हैसियतभन्दा ज्यादा भागबन्डा खोजेको र नेतृत्वमा समेत अतिरिक्त दाबी नछोडेको जनाएको छ ।
गत पुस १४ गते रास्वपा र उज्यालो नेपालबिच एकता गर्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण