आगामी चुनाव पूर्वी रुकुमबाट लड्छु : प्रचण्ड
सारांश
- प्रचण्डले आगामी चुनाव पूर्वी रुकुमबाट लड्ने संकेत गरे, उनले रुकुमको विकासका लागि प्रतिबद्धता जनाए।
- रुकुमका जनता महान् रहेको र विचलित नहुने बताउँदै उनले क्रान्तिको कुरा गरे।
- प्रचण्डले पार्टीबाट पलायन भएका नेताहरूप्रति कटाक्ष गरे, रुकुमेली जनता भ्रममा नपर्ने दाबी गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनाव पूर्वी रुकुमबाट लड्ने निश्चित भएको संकेत गरेका छन् । शनिबार रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले साे संकेत गरेका हुन् ।
आफ्नो चुनावी योजना सुनाउँदै प्रचण्डले पूर्वी रुकुम र पश्चिम रुकुम एउटै भएको तर्क समेत गरे । उनले यहाँको विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताए ।
उनले रुकुमका जनता महान् रहेको र उनीहरू कुनै विचलित तत्त्वको पछि नलाग्ने दाबी गरे । रुकुम एउटा ऐतिहासिक जिल्ला भएको र यहाँका जनताले सधैं क्रान्तिको साथ दिएको बताए ।
सम्बोधनका क्रममा प्रचण्डले पार्टीबाट पलायन भएका र विचारबाट विचलित भएकाहरूप्रति कडा प्रहार समेत गरे। उनले केही नेताहरू कम्युनिस्ट आन्दोलन र सिद्धान्त छोडेर गए पनि रुकुमका जनता भ्रममा नपर्ने बताउँदै उनीहरू कसैका दास नभएको समेत उल्लेख गरे ।
पलायन हुनेहरुका पछाडि साम्राज्यवादी र प्रतिक्रियावादी षड्यन्त्र रहेको दाबी गर्दै उनले रुकुमेली जनतालाई क्रान्तिका ‘लाल सिपाही’ को संज्ञा दिए।
प्रचण्डले अब पार्टी हेडक्वार्टरसँग रुकुमेली जनताको सिधा सम्बन्ध हुने आश्वासन समेत दिए । विकास निर्माण, कृषिमा उत्पादकत्व वृद्धि, ऊर्जा, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ सङ्कल्पका साथ अघि बढ्न चुनावी घोषणापत्रको लेखन कार्य सुरु भइसकेको जानकारी समेत उनले दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण