खुइलेको तालु लुकाएको भन्दै पत्नीले हालिन् आफ्नै पतिविरुद्ध उजुरी
सारांश
- भारतमा एक महिलाले पतिको टाउको खुइलिएको कुरा लुकाएको भन्दै उजुरी दिएकी छिन्।
- महिलाले पतिले शैक्षिक योग्यता र आम्दानीको बारेमा पनि झुट बोलेको आरोप लगाएकी छिन्।
- विवाहपछि श्रीमानले आफूलाई कुटपिट गरेको र लागुऔषध ल्याउन दबाब दिएको आरोप छ।
नयाँ दिल्ली । भारतमा एक महिलाले आफ्नो पतिविरुद्ध प्रहरीमा उजुरी हालेकी छिन् । आफ्नो तालु खुइलेको छ भन्ने पतिले आफूसँग लुकाएको उजुरी भनिएको छ । यो घटना मध्य नोइडाको गौर सहरको हो । महिला र उनको श्रीमानको बिहे भएको दुई वर्ष भएको थियो ।
२०२४ मा आफूसँग बिहे गर्दा पतिले विग लगाएर आफ्नो खुँइलिसकेको तालु लुकाएकोलगायत आरोप लभिका गुप्ता नाम गरेकी ती महिलाले पति सन्यम जैनविरुद्ध लगाएकी छिन् । बिस्रक प्रहरी थानामा दर्ता गराइएको एफआईआरका अनुसार लाभिका र सन्यमको बिहे २०२४ को जनवरी १६ मा भएको हो । पति र उनको परिवारले पतिको शारीरिक बनावट, शिक्षा र आर्थिक हैसियतका कयौं कुरा लुकाएको लाभिकाको दाबी छ ।
श्रीमानको बायोडाटामा बीकम गरेको भनेर लेखिएको भएपनि श्रीमानले १२ कक्षा मात्रै उत्तीर्ण गरेको बिहेपछि आफूले थाहा पाएको उनको भनाइ छ । १८ लाख कमाउने भनेर आफूलाई ढाटिएको पनि उनी भन्छिन् । बिहेको लागि लाभिकाले सहमति जनाउँदा सन्यमले विग लगाएर आएका थिए ।
तर उनको तालु खुइलिएको र सो हिस्सा लुकाउन बिग लगाउने गरेको बिहेपछि उनले थाहा पाइन् । विदेश घुम्न जाँदा श्रीमानले आफूलाई कुटपिट गरेको अनि थाइल्यानडबाट भारत आउँदा गाजा बोकेर आउन समेत दबाब दिएको आरोप पनि महिलाले लगाएको बिस्रक प्रहरी थानाका एक अधिकारीले पत्रकारहरूलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण