एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक चुनावी रणनीति बनाउँदै
सारांश
- नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौंमा चुनावी रणनीतिका लागि बैठक बसेका छन्।
- सातै प्रदेशका संयोजकहरूले निर्वाचन केन्द्रित रणनीति बनाउन बैठक बोलाएका हुन्।
- लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आइतबार बैठक बोलाए भने अन्य प्रदेशले सोमबार बैठक बोलाएका छन्।
काठमाडौँ । केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौँमै प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन् । सातै वटा प्रदेशका संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहितको बैठक राखेर रणनीति बनाउन लागेका हुन् ।
यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यालय च्यासलमा त कतिपयले आफूलाई अनुकूल हुने स्थानमा आयोजना गरेका छन् । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रित रणनीति बनाउन सहज होस भन्ने उद्देश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् ।
लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आइतबार बैठक बोलाएका छन् । मधेस, बागमती, कोशी, सुदूरपश्चिमले सोमबारलाई बैठक बोलाएका छन् । कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैँ उपस्थित हुने तयारी गरेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण