क्रान्तिकारी युवा संघले प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने
सारांश
- क्रान्तिकारी युवा संघ नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ।
- संघले क्रान्तिकारी कम्युनिस्ट पार्टीसहित ६ दलको निर्वाचन बहिष्कार कार्यक्रममा सहभागिता जनाउने बताएको छ।
- संघले सरकार समक्ष ४३ बुँदे माग राख्दै माग सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी दिएको छ।
काठमाडौं । क्रान्तिकारी युवा संघ नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले क्रान्तिकारी कम्युनिस्ट पार्टीसहित ६ दलको निर्वाचन बहिष्कार कार्यक्रममा सशक्त सहभागिता जनाउने बताएको छ ।
संघले सरकारसमक्ष ४३ बुँदे माग समेत राखेको छ । संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी विद्रोहको म्यान्डेटलाई बेवास्ता गरी गरिने निर्वाचनलाई आफूहरुले बहिष्कार गर्ने बताए । तिमल्सिनाले पुस २५ गते युवा तथा खेलकुदमन्त्री बब्लु गप्ता मार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा ४३ बुँदे मागपत्र पेस गरेको पनि बताए ।
‘पछिल्लो समय देशको राष्ट्रिय स्वाधीनता तथा जनताको स्वतन्त्रता कुण्ठित हुन लागेको छ । त्यसको निकासका लागि हामीले नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छौं, सरकारले हाम्रा माग सम्बोधन नगरे निकट भविष्यमा कडा संघर्ष गर्नेछौं,’ तिमल्सिनाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण