‘प्रशान्तको पछिल्लो अवस्थाबारे जानकारी नलिनु ठुलो भुल भयो’
सारांश
- चर्चित गायक तथा इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ।
- कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत तामाङप्रति दुःख व्यक्त गर्दै पुराना यादहरू सम्झिए।
- गजुरेलले साथीभाइ र आफन्तसँग सम्पर्कमा रहनुपर्ने र मरेपछिको श्रद्धाञ्जलीको अर्थ नहुने बताए।
काठमाडौँ । नेपालीभाषी विश्वभरका चर्चित गायक तथा इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ। उनको असामयिक निधनको खबरले कला क्षेत्र मर्माहत बनेको छ।
हास्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रशान्तको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीसँगको पुराना यादहरू स्मरण गरेका छन्।
गजुरेलले प्रशान्तको पछिल्लो अवस्थाबारे जानकारी राख्न नसक्नु आफ्नो ठुलो भुल भएको भन्दै आत्मग्लानि प्रकट गरेका छन्।
उनले आफ्नो पोस्टमा आफ्ना साथीभाइ र आफन्तसँग निरन्तर सम्पर्कमा रहनुपर्ने सन्देश दिँदै मरेपछिको श्रद्धाञ्जलीको खासै अर्थ नहुने भाव व्यक्त गरेका छन्। नेपालका विभिन्न कार्यक्रमहरूमा सहकार्य र बेलायत भ्रमणका क्रममा तीन महिनासम्म सँगै बिताएका पलहरू सधैँ सम्झनामा रहने गजुरेलले उल्लेख गरेका छन्।
प्रशान्त तामाङले आफ्नो कला र गायकीमार्फत विश्वभर छरिएर रहेका नेपालीभाषीहरूलाई एकताको सूत्रमा गाँस्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। कलाकार गजुरेलले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै यो समुदायले प्रशान्त र उनको कलालाई युगौँसम्म सम्झिरहने बताएका छन्।
उनले लेखेका छन्,
प्रशान्त तामाङ पछिल्लो अवस्थामा कहाँ थिए, कस्तो अवस्था थिए, जानकारी नलिनु ठुलो भुल भयो ।आज अकस्मात् शरीर छोडेको खबरले मर्माहत भएको छु । र, आफ्ना साथी भाइ, आफन्तसँग हाई हेलो गर्दै गर्नुपर्दो रहेछ, नत्र मरेपछिको श्रद्धाञ्जलीको केही अर्थ हुनेछैन भन्ने भाव गहिरोसँग दौडिइरहेको छ । नेपालका विभिन्न सोहरूमा सहकार्य, बेलायत टुरको ३ महिने सहयात्रा सधैँ सम्झनामा रहनेछ । हार्दिक श्रद्धाञ्जली प्रिय प्रशान्त, नेपाली भाषी विश्ववासीलाई तपाईंको कलाले एउटै मालामा गाँसेको थियो । यो समुदायले तपाईंलाई युगौँसम्म सम्झिरहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण