ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा चालकको मृत्यु
हेटाैँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना४६प ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ निवासी ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते मोक्तानको मनहरी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएकोमा उपचारकै क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । ठक्कर दिने ट्रक र चालक हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याइङ निवासी ५४ बर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण