बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

यात्रा बिचमै नछोड्न गगन र विश्वप्रकाशलाई विनोद चौधरीको आग्रह

आइतबार, २७ पुस २०८२, १६ : ४८
आइतबार, २७ पुस २०८२

सारांश

  • काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
  • आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
  • यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश र शर्मालाई आफूहरूले सुरु गरेको यात्रालाई बिचमै नछोड्न आग्रह गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा धारणा व्यक्त गर्दै उद्योगपति चाैधरीले मुलुकलाई विकासको खुड्किलो उकाल्न आग्रह गरे । 

‘नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाश जीलाई मेरो आग्रह छ, अगाडि बढ्नुस्, यात्रालाई अधुरो नछोड्नुस्,’ चौधरीले भने, ‘तपाइँहरूको साथमा पार्टीका नेता कार्यकर्ता र जनता छन् । मुलुकलाई विकासको खुड्किलोमा पुर्‍याउनुस् ।’ 

उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ५० प्रतिशत नयाँ अनुहारलाई उम्मेदवार बनाउन आग्रह गरे । उनले कांग्रेसले जेनजी पुस्तालाई निर्वाचनमा उम्मेदवार बनाएको हेर्न चाहेको बताए । 

कांग्रेसले राजनीतिको मात्रै होइन आर्थिक रूपान्तरण पनि गरेको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप