बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

देउवालाई सँगै लिएर अगाडि बढ्ने चुनौती महामन्त्रीद्वयमाथि छ : रसाइली

आइतबार, २७ पुस २०८२, १७ : ०९
आइतबार, २७ पुस २०८२

सारांश

  • काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
  • आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
  • यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले सभापति शेरबहादुर देउवालाई सँगै लिएर अगाडि बढ्ने चुनौती महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि रहेको बताएका छन् । 

आइतबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै रसाइलीले विश्वेश्वरप्रसाद कोइराला र सुवर्ण शमशेरले जस्तो ठुलो छाती बनाएर सबैलाई मिलाएर अगाडि बढ्न आग्रह गरे । 

‘महामन्त्रीद्वयमाथि सभापति शेरबहादुर देउवालाई सँगै लिएर जाने चुनौती छ । त्यो चुनौतीलाई विश्वेश्वर प्रसाद कोइराला र शुवर्ण शमशेरले जस्तो मन बनाएर मिलाएर जाने प्रयास गर्नुस्,’ केन्द्रीय सदस्य रसाइलीले भने । 

उनले महामन्त्रीद्वयलाई विपी र सुवर्णको रगतको सन्तान नभए पनि विचारको सन्तान भएर देखाउने प्रयास गर्न आग्रह गरे । अब कांग्रेसमा नातावाद र कृपावादबाट मुक्त गर्नुपर्ने उनको भनाइ थियो । ‘पार्टीलाई सालासाली हुक्के, बैठके, ढोके मुक्त बनाउनुहोला,’ उनले भने । 

सभापति देउवाले पार्टीबाट सबै लिएको तर अरूलाई दिने बेलामा भागेको बताए । ‘सभापतिले पार्टीबाट सबै चिज ल्याउनु भयो, हामीलाई दिने बेलामा भाग्नु भएको छ’ रसाइलीले भने । 

अब कांग्रेसका कार्यकर्ताले घण्टी, लौरो, घुमाउरोमा भोट हाल्न नपर्ने सुनिश्चितता विशेष महाधिवेशनबाट गर्नुपर्ने बताए ।

उनले सहकारी ठगी गर्ने र गाजा खाएर पशुपतिनाथ लुट्न लगाउनेबाट मुलुकलाई जोगाउने नेतृत्व महामन्त्रीहरूले गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप