शिल्प, भाषा र उद्यमबाटै नेवाः पहिचान जोगिनुपर्छ : कल्याण श्रेष्ठ
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले शिल्प, भाषा र उद्यमको संरक्षण तथा प्रवर्द्धनबाटै नेवाः समुदायको पहिचान जोगाउन सकिने बताएका छन् ।
आइतबार पद्मरत्न लुमन्ती गुठीको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजित ‘संविधानको एक दशकः देशको परिस्थिति र नेवाः समुदायको अवस्था’ विषयक अन्तरक्रियामा श्रेष्ठले नेवाः संस्कृतिलाई उद्यमसँग जोड्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
नेवाः समुदाय ऐतिहासिक रूपमा शिल्प र सीपका कारण चिनिएको स्मरण गराउँदै श्रेष्ठले पछिल्लो समय त्यो पहिचान कमजोर बन्दै गएकाप्रति चिन्ता व्यक्त गरे ।
“संस्कृति वृद्धि र शिल्पबाट चिनिन्थ्यो, तर आज त्यो हराउँदै गएको छ । बहाल र ब्याजमा मात्र निर्भर भएर हुँदैन, उद्यम र श्रममा फर्किनुपर्छ,” उनले भने ।
श्रेष्ठले नेवाः समुदायसँग गहिरो सांस्कृतिक धरातल र अपार सीपको खानी रहेको उल्लेख गर्दै सहकार्यका माध्यमबाट स्वच्छ, प्रभावकारी र वैधानिक विकासतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।
हरेक भाषामा ज्ञान हुने भन्दै भाषा संरक्षण अनिवार्य रहेकाे बताए । आत्मकेन्द्रित सोच त्यागेर सामूहिक प्रयासबाट मात्र समाज रूपान्तरण सम्भव हुने उनले स्पष्ट पारे ।
कार्यक्रममा गुठीका सचिव नरेशवीर शाक्यले संविधानले सम्पूर्ण भाषाभाषीलाई समान अधिकारको व्यवस्था गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गरे । उनले अधिकार व्यवहारमा लागू गराउन र पहिचान संरक्षणका लागि नेवाः समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण