न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै शृङ्खलामा भारतको १–० को अग्रता
सारांश
- भारतले न्युजिल्याण्डलाई पहिलो एकदिवसीय खेलमा ४ विकेटले पराजित गर्यो, र शृङ्खलामा १-० को अग्रता लियो।
- खेलमा भारतका विराट कोहलीले ९३ रन बनाए भने केएल राहुल अविजित २९ रनमा रहे।
- कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने, संगाकारालाई पछि पार्दै।
वडोदरा । भारतले तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ। यो जितसँगै भारतले शृङ्खलामा १–० को अग्रता लिएको छ ।
दोस्रो खेल जनवरी १४ मा राजकोटमा खेलिनेछ ।
वडोदराको कोटांबी स्टेडियममा आइतबार भएको खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनाएको थियो । जवाफमा भारतीय टोलीले ४९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य हासिल गर्यो । केएल राहुलले क्रिस्टियन क्लार्कको बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए, उनी २९ रनमा अविजित रहे ।
भारतका लागि विराट कोहलीले ९३ रन, श्रेयस अय्यरले ४९ रन र कप्तान शुभमन गिलले ५६ रनको योगदान दिए । न्युजिल्याण्डका काइल जेमिसनले ४ विकेट लिए । न्युजिल्याण्डका तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरे ।
न्युजिल्यान्डको तर्फबाट डेरिल मिचेलले ७१ बलमा ८४ रनको उत्कृष्ट इनिङ खेले । उनका अलावा हेनरी निकोल्सले ६२ र डेभोन कन्वेले ५६ रन बनाए । भारतका लागि मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र हर्षित राणाले २–२ विकेट लिए भने कुलदीप यादवले एक विकेट हात पारे ।
कोहलीले संगाकारालाई पछि पारे
कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । यस इनिङ्समा ४२ रन बनाउनेबित्तिकै उनले श्रीलंकाका कुमार संगाकारा (२८०१६ रन) लाई पछि पारेका हुन् । कोहलीभन्दा अगाडि अब सचिन तेन्दुलकर (३४३५७ रन) मात्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण