गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधित्व गरेको धार विद्रोह होइन, आन्तरिक जवाफदेहिता हो : भावना राउत
सारांश
- भावना राउतले गगन थापा र विश्वप्रकाश शर्माको अडानलाई विद्रोह नभई आन्तरिक जवाफदेहिता भनिन्।
- उनले कांग्रेसको आन्तरिक लोकतन्त्रमाथि उठेको प्रश्नलाई उजागर गरिन् र नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने बताइन्।
- राउतले आलोचनात्मक आवाजलाई दबाउनुको सट्टा पार्टी सुध्रिनुपर्नेमा जोड दिइन्।
काठमाडौँ । जेनजी अभियन्ता भावना राउतले नेपाली कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लिएको अडानलाई विद्रोह नभई आन्तरिक जवाफदेहिताको संज्ञा दिएकी छन्।
कांग्रेसको आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनसँग सम्बन्धित गतिविधिलाई लिएर सोमबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले यस्तो बताएकी हुन् ।
अभियन्ता राउतले कांग्रेसभित्र देखिएको यो बहस केवल एउटा कार्यक्रम वा भाषणमा सीमित नरही पार्टीको आन्तरिक लोकतन्त्रमाथि उठेको गम्भीर प्रश्न भएको बताएकी छन्। 'गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधित्व गरेको धार विद्रोह होइन, आन्तरिक जवाफदेहिता हो,' उनले भनेकी छन्, 'पार्टीभित्र प्रश्न उठाउनु, नेतृत्वलाई उत्तरदायी बनाउनु र असहमतिको सम्मान गर्नु अनुशासनहीनता होइन, यो लोकतान्त्रिक दलको न्यूनतम मापदण्ड हो।'
उनले लोकतन्त्र बाहिर भाषणमा मात्र नभएर दलको आन्तरिक अभ्यासमा पनि देखिनुपर्नेमा जोड दिएकी छन्। कांग्रेसजस्तो ठुलो दल सुध्रिनु देशकै लोकतन्त्रका लागि सुखद पक्ष हुने उनको तर्क छ। नेतृत्वले आलोचनात्मक आवाजलाई दबाउन शक्ति प्रयोग गर्दा परिवर्तनको आवश्यकता झन् प्रस्ट हुने भन्दै उनले प्रश्न दबाउने संस्कृतिले दललाई खोक्रो बनाउने चेतावनी समेत दिएकी छन्।
संस्थाभित्रै उभिएर बोल्ने राजनीतिक साहसले नेपाली कांग्रेसका लागि मात्र नभई देशकै राजनीतिक संस्कारका लागि नयाँ सुरुवात गर्ने आशा उनले व्यक्त गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण