कारागारबाट फरार जबरजस्ती करणीका अभियुक्त पक्राउ
सोमबार, २८ पुस २०८२, ०९ : ०८
सारांश
- सप्तरी कारागारबाट फरार भएका एक बन्दीलाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।
- जबरजस्ती करणी उद्योग मुद्दाका फरार अभियुक्त नागेन्द्र कुमार पाल गएको भदौमा कारागारबाट भागेका थिए।
- प्रहरीले उनलाई विराटनगरको बन्जराचोकबाट पक्राउ गरी कानुनी कारबाहीका लागि अदालत पठाउने तयारी गरेको छ।
मोरङ । जबरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारमा थुनामा रहेका एक बन्दी फरार भएको झण्डै चार महिनापछि पक्राउ परेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ निवासी ३२ वर्षीय नागेन्द्र कुमार पाललाई मोरङ प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको हो ।
पाल गएको २०८२ भदौ २५ गते जेनजी आन्दोलनको समयमा कारागारबाट भागेका थिए । कारागारबाट फरार भएदेखि नै प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो । यसै क्रममा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले पुस २७ गते राति करिब पौने १० बजे उनलाई विराटनगर महानगरपालिका-२ स्थित बन्जराचोकबाट फेला पारेको हो ।
पक्राउ परेका पाललाई आवश्यक कानुनी कारबाहीका लागि मोरङ जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण