राजनीति
कांग्रेसको विशेष महाधिवेशन: ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले बन्दसत्रको अध्यक्षता गर्ने
सोमबार, २८ पुस २०८२, १० : ३३
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले गर्ने भएका छन्।
- प्राविधिक कारणले बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन, ढिलाइ भएको छ।
- संस्थापन समूहको असहयोगका बाबजुद बन्दसत्रमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी छन्।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठले गर्ने भएका छन् ।
प्रचारप्रसार उपसमितिका संयोजक सुवास पोखरेलका अनुसार, ज्येष्ठ सदस्यको हैसियतमा श्रेष्ठले सोमबारदेखि सुरु हुन लागेको बन्दसत्रको अध्यक्षता गर्ने टुंगो लागेको हो ।
यद्यपि आज बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन । केही प्राविधिक कारणले कार्यक्रम सुरु हुन ढिलाइ भएको संयोजक पोखरेलले बताएका छन् ।
पार्टीको संस्थापन समूहको असहयोगका बिच बन्दसत्रमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण