८८ वर्षीय खड्काद्वारा कांग्रेस बन्दसत्रको अध्यक्षता
सोमबार, २८ पुस २०८२, १५ : ४९
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ।
- ८८ वर्षीय श्याम कुमार खड्काको अध्यक्षतामा बन्दसत्र सुरु भयो।
- किशोरदत्त बरालले कार्यक्रम सञ्चालन गर्नेछन् भने नारायण भट्टराईले कार्यविधि सुनाउनेछन्।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत राजधानीको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । ८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काको अध्यक्षतामा सोमबार बन्दसत्र सुरु भएको हो ।
यस्तै बन्दसत्रको कार्यक्रम किशोरदत्त बरालले कार्यक्रम सञ्चालन गर्नेछन् भने नारायण भट्टराईले हललाई कार्यविधि पढेर सुनाउने जानकारी दिइएको छ ।
यसअघि ओमकार प्रसाद श्रेष्ठको अध्यक्षतामा बन्दसत्र हुने भनिएपनि उनीभन्दा ज्येष्ठ सदस्य खड्का रहेको पाइएपछि उनकै अध्यक्षतामा बन्दसत्र सुरु गरिएको आयोजक समितिको भनाइ छ । खड्का काठमाडौँ–५ महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण