सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा
काठमाडाैँ । जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको छ । सोमबार काठमाडौँको माइतीघर मण्डलामा ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको हो ।
ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार विफल भइसकेको भन्दै राजनीतिक दल र नागरिक समाज सम्मिमलित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पुराना राजनीतिक दलका नेताहरुलाई सरकार प्रमुख नबनाउनेगरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आफूहरुको माग रहेको बताए । उनले प्रणाली नै खराब रहेको अवस्थामा वैधानिकता मात्र हेर्न नहुने कुरामा जोड दिए ।
उनले भने, ‘सर्वसहमतिको सरकार बनाएर मात्रै निर्वाचनमा जानुपर्छ । सबै कुरा वैधानिकतामा हेर्नु हुँदैन । सिस्टम नै बिग्रेको छ भने वैधानिकता हेरेर तपाई कहाँ पुग्नुहुन्छ । त्यसकारण अहिले सर्वसहमति गररे अघि जानुपर्छ । नयाँ पुराना सबैलाई राखेर सर्वसहमति गर्ने हो तर सर्वपक्षीय सरकारको नेतृत्व पुराना शीर्ष नेताले गर्ने हैन । यो कुरामा हामी क्लियर छौँ र मागिरहेका पनि यही हौँ ।’
कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म बोक्न नसकेको भन्दै ढुंगाना समूह आन्दोलनरत छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण