हरेक विपद् र आन्दोलनको मारमा निजी क्षेत्र पर्नुपर्यो : पूर्वअध्यक्ष श्रेष्ठ
काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकमा आइपर्ने विपत्तिहरुदेखि आन्दोलनहरुबाट व्यापारीहरु ठूलो मारमा परेको बताएका छन् । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) को १२ औँ वार्षिक साधारण सभाका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले ठूलो मारमा परेका व्यवसायीहरुलाई बैंकले समान तवरले नहेरेको बताए ।
ठूलो बिजनेस गरेकाहरुलाई मात्रै पुनःतालिकीकरण, पुनःकर्जा पाइरहेको भन्दै उनले साना व्यवसायीहरुको समस्या सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको बताए । पूर्वअध्यक्ष श्रेष्ठले भने- ‘कहिले आन्दोलन, कहिले प्राकृतिक विपद् जे गर्दा नि पिसिने (मारमा पर्ने) व्यापारी नै रहेछ । जहिले पनि निजी क्षेत्रमाथि नै प्रहार भइरहेको छ । ठूलो उद्योगदेखि होटलसम्ममै आक्रमण हुँदा त्यसको असर तलसम्मै परेको छ । त्यसबारे कसैले बोलेको छैन । ठूला उद्योगहरुको बैंकहरुले पनि रिसेडुल गरिदिएको छ तर साना उद्योग, व्यवसायीलाई रिसेडुल कसले गरिदिने त ? जहाँ पनि हामी उद्योगी व्यवसायी पिसिने र बन्द, हरताल सबै व्यहोर्नुपर्ने ?’
उनले उद्योगी व्यवसायीहरुमाथि भइरहेको आक्रमण रोकिनुपर्ने र असुरक्षाको वातावरण अन्त्य हुनुपर्ने बताए । उद्योगी व्यवसायीमाथि भइरहेको आक्रमणका विरुद्ध व्यवसायीहरु एकजुट हुनुपर्ने बेला आएको श्रेष्ठले बताए । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) का अध्यक्ष सञ्जय अग्रवाल नेपालमा उत्पादित समाग्रिहरुलाई इटली र युरोपहरुमा विस्तार गर्ने काम भइरहेको बताए । इटलीयनहरुको मुख्य उद्देश्य इटली प्रोडक्टसहरुलाई नेपाल पठाउने भएपनि आफूहरुको उद्देश्य नेपालबाट धेरै भन्दा धेरै वस्तुहरु इटलीसहितका युरोपेलियन मुलुकहरुमा बजारीकरण गर्ने रहेको अग्रवालले बताए ।
अध्यक्ष अग्रवालले भने– ‘इटलीयनहरुको फोकस इटलीमा उत्पादित सामग्रीलाई नेपाली बजारमा पठाउने हुँदो रहेछ तर हाम्रो फोकस नेपाली वस्तुलाई इटलीयन बजारमा पठाउने हुन्छ । हामीसँग धेरै ब्राण्डहरु छन्, तिनले इटलीसहितका देशमा बजार पाइरहेका छैनन् । बजारीकरण गर्ने काम नेपाल इटली चेम्बर चेम्बर अफ कमर्सले गरिरहेको छ ।’
इटलीका लागि भिसा पाउन गाह्रो हुँदा नेपाली वस्तुहरु बजारीकरण गर्न समस्या परिरहेको अध्यक्ष अग्रवालले बताए । कार्यक्रममा नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) का वरिष्ठ उपाध्यक्ष अरनिकोराज भण्डारीले नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका कारण नेपाल इटली व्यापार गर्न सहजता आएको बताए ।
उपाध्यक्ष भण्डारीले भने– ‘इटली चेम्बर अफ कमर्स भइसकेपछि हाम्रो प्रतिनिधत्व इटलीमा छ भन्नेहुँदो रहेछ । कुनै मेसिन, समानहरु ल्याएर केही तलमाथि भयो भने हाम्रो संघ संस्थाले ठूलो भुमिका खेल्दो रहेछ ।’ वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि अग्रवाल पुनः अध्यक्षमा निर्वाचित समेत हुनुभएको छ । कार्यक्रममा भिनोद सग्तानीलाई मेम्बर अफ दि इयर २०२५ बाट सम्मान प्रदान गरिएको थियो भने कल्याण सिलवाललाई निक्कि सीएसआर कम्युनिटी २०२५ बाट सम्मान प्रदान गरिएको थियो । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण