बागलुङमा एक लाख ९३ हजार ३८१ मतदाता कायम
सारांश
- बागलुङमा आगामी निर्वाचनका लागि एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन्।
- जिल्ला निर्वाचन कार्यालयका अनुसार नयाँ मतदाता थपिएका छन्, जसमा युवा पुस्ताको संख्या उल्लेख्य छ।
- राष्ट्रिय परिचय पत्र प्रणालीबाट मतदाता नामावली दर्ता सहज भएको छ।
बागलुङ । बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।
असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म दर्ता भएको मतदाता नामावलीमा १६ देखि २८ वर्षसम्मका उमेर समूह बढी रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख प्रमुख यज्ञप्रसाद रिजालले जानकारी र्दिए । उनका अनुसार जिल्लाभर पाँच हजार २५३ जना नयाँ मतदाता थपिएका छन् ।
मतदाता नामावली दर्ता गराउनेमा सबैभन्दा बढी युवापुस्ता रहेको उहाँको भनाइ छ । जिल्ला बाहिरका १०० मतदाताहरूले बागलुङबाट नामावली दर्ता गराएको प्रमुख रिजालले बताए । जिल्ला निर्वाचन कार्यालयमै पुगेर एक हजार ४६४ जना र राष्ट्रिय परिचय प्रणालीतर्फबाट तीन हजार ९२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको उनले जानकारी दिए ।
उनले भने, “नामावली दर्ता गराउने धेरैजसो नयाँ युवा पुस्ताहरू छन्, राष्ट्रिय परिचय पत्रमार्फत नामावली दर्ता गराउने ‘सिस्टम’ आएपछि धेरै सजिलो भयो, केही हाम्रो कार्यालयमै आएर आफ्नो नाम दर्ता गराउनुभयो ।”
बागलुङमा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं १ मा ४८ मतदानस्थलको ११५ वटा मतदान केन्द्रमा ९८ हजार ८४६ जना र क्षेत्र नं २ मा ५९ मतदानस्थलको ११५ वटा मतदान केन्द्रमा ९५ हजार ३३५ जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण