अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक पेस
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्ड लिन धम्की दिएका छन्।
- अमेरिकी संसदमा ग्रिनल्यान्डलाई अमेरिकाको राज्य बनाउने विधेयक पेश गरिएको छ।
- विधेयकले राष्ट्रपतिलाई डेनमार्कसँग वार्ता गर्न वा अन्य तरिकाबाट ग्रिनल्यान्ड लिन अधिकार दिन्छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जसरी भएपनि ग्रिनल्यान्ड लिएरै छाड्ने धम्की दिइरहेका छन् । अमेरिकामा सरकारी तहमा समेत ग्रिनल्यान्ड कब्जा गर्ने कुरा भइरहेको खबर आइरहेको छ । यसैबिच अमेरिकी संसदमा ग्रिनल्यान्डलाई देशको ५१ औँ राज्य बनाउने विधेयक पेस भएको छ ।
रिपब्लिकन सांसद र्यान्डी फाइनले यो विधेयक पेस गरेका छन् । ‘ग्रिनल्यान्डको विलय र राज्य ऐन’ नाम दिइएको विधेयक सोमबार संसदमा पेस भएको हो ।
यो विधेयकको उद्देश्य ग्रिनल्यान्डलाई अमेरिकामा विलय गराएर राज्यको मान्यता दिनु रहेको छ । ग्रिनल्यान्ड आफूहरूले वेवास्ता गर्न सक्ने टाढाको ठाउँ नभएको अनि यो राष्ट्रिय सुरक्षाका लागि निकै अहम् रहेको फाइनले एउटा प्रेस विज्ञप्तिमा भनेका छन् । जो कसैको कब्जामा ग्रिनल्यान्ड हुन्छ, उसको मुठ्ठीमा आर्कटिक जहाजी मार्गको साँचो र अमेरिकाको बचाव गर्ने सुरक्षा संरचना रहने पनि विज्ञप्तिमा बताइएको छ ।
विधेयकले आवश्यकताअनुसार राष्ट्रपति ट्रम्पलाई डेनमार्कबाट ग्रिनल्यान्डलाई अलग्याउने वार्ता गर्ने वा अन्य तरिकाले यसलाई हत्याउने अधिकार दिने पनि भनिएको छ । भर्खरै हासिल गरिएको भूभागलाई विधेयक अन्तर्गत राज्यको दर्जा दिनु पर्ने भएकोले ट्रम्पले सङ्घीय कानुनमा परिवर्तनलगायत विषय समेटेर कंग्रेसलाई एउटा प्रतिवेदन पठाउनु पर्ने पनि भनिएको छ ।
अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्नेबारे कुनै समयसीमा नभएको ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लिभिटले सोमबार भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण