माघे सङ्क्रान्ति पूर्वसन्ध्यामा कति छ तरुलको मूल्य ?
सारांश
- माघे सङ्क्रान्तिको अवसरमा कालिमाटी तरकारी बजारमा तरुलको औसत मूल्य १०५ रुपैयाँ पुगेको छ।
- कालीमाटी तरकारी बजारमा तरुल प्रतिकिलो न्यूनतम ९० देखि १२० रुपैयाँसम्म बिक्री भइरहेको छ।
- माघे सङ्क्रान्तिमा तरुलको खपत बढ्ने भएकाले मूल्यवृद्धि भएको बताइएको छ।
काठमाडौँ । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा कालिमाटी तरकारी बजारमा तरुलको औसत मूल्य १०५ रुपैयाँ रहेको छ । यस बेला सबैभन्दा धेरै खपत हुने तरुल कालीमाटी तरकारी बजारमा प्रतिकिलो न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्ममा तरुल बिक्री भइरहेको छ ।
कालीमाटी तरकारी बजार विकास समितिले मंगलबार सङ्कलन गरेको बजार मूल्यअनुसार यस्तो पाइएको हो । यस्तै सखरखण्ड प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म रहेको छ । पिँडालु ७० रुपैयाँदेखि ९० रुपैयाँसम्म रहेको छ ।
माघे सङ्क्रान्तिमा विशेष गरी तरुल सँगसँगै इस्कुसका जरा, पिँडालु सखरखण्ड खाने प्रचलन रहेको छ । बेला तरुल धेरै खपत हुने भएकाले मूल्य पनि बढ्ने गरेको छ । तीन दिन अघि (पुस २६) मात्र ७६.२५ रुपैयाँ औसत मूल्य पर्ने तरुल आज ३७ प्रतिशतले बढेर १०५ रुपैयाँ होलसेल मूल्य कायम छ । खुद्रा बजारमा अझै मूल्य महँगो पर्न जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण