नेतृत्व हस्तान्तरणका लागि देउवा तयार हुनुपर्छ: डा. सुनिल शर्मा
सारांश
- डा. सुनिल शर्माले पार्टीभित्रको विवाद संवादबाट टुङ्ग्याउनुपर्ने बताए।
- उनले संस्थापन पक्षलाई नेतृत्व हस्तान्तरणका लागि तयार रहन आग्रह गरे।
- उनले पार्टीलाई एकतावद्ध राख्न त्याग र अग्रगामी निर्णय लिनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रको आन्तरिक विवाद र मतभेदलाई संवादमार्फत टुङ्ग्याउनुपर्ने बताएका छन्। विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको र यसलाई बचाउन संस्थापन पक्षले नेतृत्व हस्तान्तरणका लागि तत्परता देखाउनुपर्नेमा जोड दिएका हुन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधानसम्मत ढङ्गले विशेष महाधिवेशन माग गर्दा पनि केन्द्रीय समितिमा बहुमत छ भन्दै कार्यकर्ताको मनोभावलाई बेवास्ता गरिएको उनले बताए। केही पदाधिकारी र केन्द्रीय सदस्यहरूले कार्यकर्ताको चाहनाविपरीत विशेष महाधिवेशन नबोलाएका कारण आजको परिस्थिति सिर्जना भएको डा. शर्माको ठहर छ।
उनले वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग र अग्रगामी निर्णय लिनुपर्ने बताए। सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरणका लागि तयार रहन आग्रह गर्दै उनले विशेष महाधिवेशन पक्षधरले पनि पार्टीको हित र एकतालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।
पार्टीभित्रका सबै मतभेदहरू संवादबाटै समाधान हुनुपर्ने भन्दै डा. शर्माले सहमति भाँड्ने र उच्छृङ्खल गतिविधिले कांग्रेसलाई थप कमजोर बनाउने चेतावनी दिए।
उनले एकताका नाममा कसैलाई पेल्ने, हेप्ने वा कारबाही गरेर पार्टीलाई विभाजनतर्फ धकेल्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारे। कांग्रेस संकटमा पर्दा देश नै संकटमा पर्ने भएकाले सबै नेताहरूलाई जिम्मेवार बन्न उनले आग्रह गरे। विवाद समाधानका लागि वार्ता समिति बनेकाले आज मङ्गलबार बेलुकासम्म वार्तालाई निष्कर्षमा पुर्याउनुपर्ने उनको माग छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण