सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न
मङ्गलबार, २९ पुस २०८२, १३ : ५६
सारांश
- राप्रपाले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ।
- मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिकाहरूमा नयाँ नेतृत्व चयन भएको छ।
- पाँचपोखरी, सुनकोशी, इन्द्रावती लगायतका गाउँपालिकाहरूमा पनि नयाँ अध्यक्ष चयन भएका छन्।
सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ ।
राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाका अनुसार नौ गाउँपालिका र तीन नगरपालिकामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट मेलम्ची नगरमा रामशरण महरा, चौतारा साँगाचोकगढी नगरमा शेरबहादुर ठकुरी, बाह्रबिसे नगरमा श्याम भण्डारी निर्वाचित भएका छन् ।
यसैगरी, पाँचपोखरी गाउँ कार्यसमितिको अध्यक्षमा नातिकाजी सापकोटा, सुनकोशीमा सरोज केसी, इन्द्रावतीमा गणेश खड्का, लिसंखुपाखरमा चक्रबहादुर केसी, हेलम्बुमा सुरेश तामाङ, जुगलमा चित्रबहादुर सिलवाल, भोटेकोशीमा मिङमार शेर्पा, त्रिपुरासुन्दरीमा मोहनजङ्ग पाण्डे र बलेफीमा जितबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण