ललितपुर र बर्दियामा दुई जना मृत अवस्थामा फेला
मङ्गलबार, २९ पुस २०८२, १६ : २६
काठमाडौँ । ललितपुर र बर्दियामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
ललितपुरको गोदावरी नगरपालिका–९ बुरमचुली जंगलस्थित खोल्सामा मंगलबार एक युवकको शव फेला परेको छ। अन्दाजी ३० वर्षका देखिने ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन। स्थानीयले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
यस्तै, बर्दियाको राजापुर नगरपालिका–६ झट्टीमा ३६ वर्षीय रोशन डगौरा थारू आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। मंगलबार उनी आफ्नै निवासमा मृत भेटिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। दुवै घटनाको प्रकृति र मृत्युको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण