झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने
सारांश
- झापा जिल्ला प्रशासनले फागुन २१ गते हुने चुनावका लागि हातहतियार बुझाउन सूचना निकाल्यो।
- सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार माघ मसान्तसम्ममा हातहतियार बुझाउनुपर्नेछ।
- चुनावपछि २१ दिनभित्र हातहतियार फिर्ता लिन सकिनेछ।
झापा । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार जिल्लाभित्र इजाजत लिएर राखिएका सबै प्रकारका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगठ्ठा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाइसक्नुपर्नेछ । उनले निर्वाचन सम्पन्न भएको २१ दिनपछि सम्बन्धित धनीले कार्यालयमा उपस्थित भई आवश्यक कागजातसहित हातहतियार फिर्ता लिन सक्ने व्यवस्था गरिएको जानकारी दिए ।
शान्तिपूर्ण र सुरक्षित निर्वाचन राष्ट्रको गौरव भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले यस कार्यमा सम्पूर्ण जिल्लावासी, नागरिक समाज तथा सरोकार भएकाबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइमा
-
सम्झौतापछि रोक्का गरिएको इरानी सम्पत्ति तुरुन्त फुकुवा नहुने अमेरिकी स्पष्टोक्ति
-
कांग्रेसले माग्यो प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणबारे सरकारको जवाफ
-
अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग
-
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’
-
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण