दुई फर्मलाई नगद जरिवाना
सारांश
- वाणिज्य विभागले दुई फर्मलाई जरिवाना गर्यो, बजार अनुगमनको क्रममा कैफियत भेटिएपछि ।
- उपभोक्ता संरक्षण ऐनअनुसार दुई फर्मलाई कारबाही गरियो, अन्य १२ फर्मलाई सुधारको निर्देशन दिइयो ।
- विभागले निर्माण सामग्री बिक्री गर्ने फर्महरूको अनुगमन गरिरहेको छ, कानुनअनुसार कारबाही जारी छ।
काठमाडौँ । नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई रु १० हजार र सिन्धु मेटेरियल्स प्रालिलाई रु १५ हजार जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफामा उल्लेख भएका प्रावधान विपरीतका गतिविधि देखिएपछि ती दुई वटा फर्मलाई कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले कूल १४ वटा फर्ममा अनुगमन गरेको भएपनि अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।
विभागले पछिल्ला दिनमा निर्माणजन्य सामग्री बिक्री गर्ने फर्महरूमा अनुगमन गर्दै आएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकार भएका निकायको सहभागितामा विभागले नियमित बजार अनुगमन गरिरहेको र कैफियत देखिएकालाई कानुन बमोजिम कारबाही, नगद जरिवाना गरिरहेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण