राजनीति
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु
बुधबार, ३० पुस २०८२, ०८ : ४२
सारांश
- नेपाली कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवार मनोनयन पत्र दर्ता सुरु भएको छ।
- निर्वाचन समितिका संयोजक सीताराम केसीले बिहान ९:१५ बजेसम्म मनोनयनको समय तोकेका छन्।
- पुरानो विधानअनुसार हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति र अन्य पदका लागि मतदान हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले उम्मेदवार मनोनयनको लागि बिहान ९।१५ बजेसम्मका समय तोकिएको जानकारी दिए । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने संयोजक केसीले जानकारी दिए ।
पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण