काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे सुरु हुने भनिए पनि अझै बस्न सकेको छैन । यद्यपि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताहरू भेला हुन थालेका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेताहरू मंगलबार दिनभर वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो । हिजो साँझ एकाध मिनेट बसेर स्थगित भएको बैठक आजको लागि बोलाइएको हो ।
_jlOCJGqJeu.jpg)
शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका कारण कार्यसमिति बैठक कति बेला सुरु हुन्छ भन्ने यकिन छैन ।
_zOoS0i0YZG.jpg)
_2Z8CUFtSxn.jpg)
_d0CFM7WVPJ.jpg)
_uDSj6k413n.jpg)
_0MmNk6qA8Q.jpg)
_4M5G3UaM9t.jpg)
_UBdh5hjCXJ.jpg)
_32XiKQ4YVF.jpg)
_VWEcNi0nCv.jpg)
१ प्रतिक्रिया