गगन–विश्वसँग देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
बुधबार, ३० पुस २०८२, १० : १२
सारांश
- शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई पार्टी नफुटाउन आग्रह गरे।
- देउवाले टिकट वितरणमा आफू उदार हुन तयार रहेको बताए, जसले हस्ताक्षर गरेपनि हुने कुरा व्यक्त गरे।
- गगन र विश्वले महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह गर्ने बताएर देउवासँग छुट्टिए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई आफू उदार हुन तयार रहेको भन्दै पार्टी नफुटाउन दुई महामन्त्रीलाई आग्रह गरेका छन् ।
बुधबार सभापति देउवासँग महामन्त्रीद्धय थापा र शर्माको भेटमा सभापति देउवाले यस्तो बताएका डा प्रकाशशरण महतले जानकारी दिए ।
‘मेरो लागि टिकटमा हस्ताक्षर महत्त्वपूर्ण होइन, टिकट जसले हस्ताक्षर गरेपनि भयो । मेरो तर्फबाट कुनै बाधा छैन भनेर उहाँले राख्नुभयो’, देउवाको भनाइ उद्धृत गर्दै महतले भने, ‘पार्टी नफुटाउनुस् भन्नुभयो । उदारताका साथ पार्टी सभापति प्रस्तुत हुनुभएको छ ।’
भेटमा गगन र विश्वले महाधिवेशन प्रतिनिधिहरूसँग सल्लाह गर्छौ भनेर देउवासँग छुट्टिएको महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण