भेनेजुएलाको जेलमा रहेका चार अमेरिकी रिहा
सारांश
- भेनेजुएलाको जेलमा थुनामा रहेका चार अमेरिकी नागरिकलाई रिहा गरिएको छ।
- अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि पहिलो पटक अमेरिकी बन्दी रिहा भएका हुन्।
- अमेरिकी विदेश मन्त्रालयले भेनेजुएलाको यो कदमको स्वागत गरेको छ, र थप रिहाइको आशा गरेको छ।
काराकस । भेनेजुएलाको जेलमा थुनामा रहेका चार जना अमेरिकी नागरिकलाई रिहा गरिएको छ । भेनेजुएलाको अन्तरिम सरकारले कम्तीमा चार जना अमेरिकीलाई रिहा गरेको यस मामिलासँग जानकार एक स्रोतले बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
जनवरीको सुरुमा अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरो र उनको श्रीमतीलाई पक्राउ गरेयता अमेरिकी बन्दी रिहा भएको थाहा भएको यो पहिलो पटक हो । डेल्सी रोद्रिगेजको अन्तरिम सरकारले दर्जनौँ राजनीतिक बन्दीहरूलाई रिहा गरिरहेको समयमा अमेरिकी पनि रिहा भएका छन् ।
भेनेजुएलामा आफ्ना नागरिकको रिहाइको स्वागत गरेको अमेरिकी विदेश मन्त्रालयका एक जना प्रवक्ताले भनेका छन् । आन्तरिक सरकारले सही दिशामा चालेको यो महत्त्वपूर्ण कदम भएको बताइएको छ । बन्दी रिहाइमा मद्दत गर्न विदेश मन्त्रालयको एउटा टोली भेनेजुएला गएका थिए ।
हालैका महिनामा भेनेजुएलाले कम्तीमा पनि पाँच अमेरिकी नागरिकलाई पक्राउ गरेको बताइएको छ । अमेरिकी सरकारसँग मोलमोलाईका अमेरिकी नागरिकलाई पक्राउ गर्ने गरेको आरोप भेनेजुएलामाथि लाग्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण