बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा र सुमन सायमी समूहबिच भएको ६ बुँदे सहमतिमा के छ ?

बुधबार, ३० पुस २०८२, १५ : ३५
बुधबार, ३० पुस २०८२

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीबीच ६ बुँदे सहमति भएको छ।
  • दुवै पार्टीले न्याय, अधिकार र पहिचानका पक्षमा उठेका जनआन्दोलनहरूसँग ऐक्यबद्धता जनाउने सहमति गरेका छन्।
  • पार्टी एकता गर्दै, नेपाली कम्युनिस्ट पार्टी नाम रहने र चुनाव चिन्ह तारा रहने सहमति भएको छ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी एकता पक्षधरबिच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभा गृहमा बुधबार आयोजित एकता समायोजन कार्यक्रममा दुई पक्षबिच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

‘गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति, सहकारी पीडित सङ्घर्ष समिति, पहिचान पक्षधर आन्दोलन, गुठी आन्दोलनलगायत न्याय, अधिकार र पहिचानका पक्षमा उठेका जनआन्दोलनहरूको मर्म, भावना र मागलाई आत्मसात् गर्दै, ती आन्दोलनहरूसँग ऐक्यबद्धता र राजनीतिक एकतामार्फत समाधान खोज्नु आजको ऐतिहासिक आवश्यकता भएकोमा दुवै पार्टीबिच स्पष्ट समझदारी कायम भएको छ’, सहमति पत्रमा भनिएको छ ।

यस्तै जनताको न्याय, अधिकार, स्वाधीनता, पहिचान र सामाजिक रूपान्तरणका साझा उद्देश्यलाई केन्द्रमा राखी, सडक, संसद् र सरकार तीनै तहबाट संयुक्त सङ्घर्ष सञ्चालन गर्ने, पीडित वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्ने तथा लोकतान्त्रिक, समावेशी, समतामूलक र न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने ऐतिहासिक जिम्मेवारी स्वीकार गर्ने सहमति भएको छ ।

देशको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डताको रक्षा गर्दै पहिचानसहितको सङ्घीय समाजवादी गणतन्त्रलाई संस्थागत गर्ने साझा सङ्कल्पका साथ, नेपाली कम्युनिस्ट पार्टीको नीति, कार्यक्रम तथा कार्यदिशाप्रति सहमत हुँदै नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर एकताबद्ध भई पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिन्ह तारा रहने गरी यस एकता सहमति पत्रमा सहमत भएका छौँ,’ सहमतिमा भनिएको छ ।

यस्तो छ ६ बुँदे सहमति– 

 WhatsApp Image 2026-01-14 at 3.18.34 PM

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप