भृकुटीमण्डपमा कांग्रेस कार्यकर्ता आक्रोशित, देउवाको विरोधमा चर्को नाराबाजी
काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले तीन पदाधिकारीलाई कारबाहीको घोषणा गरेसँगै पार्टी विभाजनको अवस्थामा पुगेको हो ।
विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनको अन्तिम तयारीमा जुटिरहेकै बेला संस्थापनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई ५ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेको हो ।
यो निर्णयसँगै विशेष महाधिवेशन स्थलमा भने आक्रोश पैदा गरेको छ । विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवाको विरोधमा चर्को नाराबाजी गरिरहेको रातोपाटीकर्मी मधुसुदन भट्टराईले बताए ।
अहिले भृकुटीमण्डपमा नेता कार्यकर्ताहरूको चहलपहल निकै बढेको छ । कांग्रेसको निर्णयअघि भृकुटीमण्डपमा खासै नेता कार्यकर्ता नभएकामा निर्णय पछि भने चहलपहल बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण