आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरी बनेर लुटपाट गर्ने लागुऔषध र सुनसहित पक्राउ

बुधबार, ३० पुस २०८२, १६ : ३२
बुधबार, ३० पुस २०८२

सारांश

  • काठमाडौंमा नक्कली प्रहरी बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
  • प्रहरीको नाममा ठगी गर्ने ३३ वर्षीय विक्रान्त केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • केसीको कोठाबाट लागुऔषध र सुनका गहना समेत बरामद गरिएको छ।

काठमाडौं । प्रहरीको नक्कली परिचय दिएर सर्वसाधारण लुट्ने एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ। आफूलाई प्रहरी भन्दै ठगी र लुटपाटमा संलग्न रहेको आरोपमा ३३ वर्षीय विक्रान्त केसी (आकाश) पक्राउ परेका हुन्।

काभ्रेपलान्चोकको पनौती नगरपालिका ५ घर भई हाल काठमाडौँको सिनामंगल (वडा नम्बर ९) बस्ने केसीले प्रहरीको नाम बेचेर शम्भुमार्ग क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर कोठा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा केसीको साथबाट भारी मात्रामा लागुऔषध र गहना बरामद भएको छ। उनको डेराबाट प्रतिबन्धित 'नाइट्राजेपाम' नामक २२० वटा ट्याब्लेट, एक थान सुनको सिक्री र एक जोर सुनको मुन्द्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल उनलाई नियन्त्रणमा राखी प्रहरी वृत्त गौशालाबाट थप कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप