कांग्रेस विभाजनले लोकतन्त्रलाई कमजोर बनाउँछ: एमाले नेता शाही
सारांश
- एमाले नेता मीनबहादुर शाहीले कांग्रेसमा देखिएको विभाजनले लोकतान्त्रिक व्यवस्थालाई क्षति पुर्याउने बताए।
- उनले लोकतन्त्र सुदृढीकरणका लागि राजनीतिक स्थिरता र दलहरूबीचको एकता आवश्यक रहेको बताए।
- शाहीले युवा पुस्ताको भावना अनुसारको सुशासन र कानुनी शासनको पक्षमा एमाले रहेको स्पष्ट पारे।
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग संयोजक एवं केन्द्रीय सदस्य मीनबहादुर शाहीले नेपाली कांग्रेसमा देखिएको विभाजनले समग्र लोकतान्त्रिक व्यवस्थालाई नै क्षति पुर्याउने बताएका छन्। प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै शाहीले मुलुकको पुरानो प्रजातान्त्रिक दल फुटको दिशामा जानु सुखद् संकेत नभएको धारणा राखेका हुन्।
लोकतान्त्रिक प्रणालीलाई संस्थागत र बलियो बनाउन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने वर्तमान समयमा एउटा मुख्य दलभित्रको कलह र विभाजनले प्रणालीमै चुनौती थप्ने शाहीको विश्लेषण छ। उनले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक स्थिरता र दलहरूबीचको आन्तरिक एकता अनिवार्य रहेकोमा जोड दिए।
नेता शाहीले एमाले सधैँ कानुनी शासन र युवा पुस्ताको भावना अनुसारको सुशासनको पक्षमा रहेको स्पष्ट पारे। युवाहरूको पवित्र चाहना बमोजिम मुलुकलाई अघि बढाउन एमाले प्रतिबद्ध रहेको बताउँदै उनले पछिल्लो समय देखिएको 'लोकप्रियतावाद' ले मात्रै मुलुकका समस्याको निकास नदिने दाबी गरे। क्षणिक लोकप्रियताको पछि लाग्नुभन्दा दीर्घकालीन एजेन्डा र नीतिगत स्पष्टताले मात्रै देशलाई सही दिशामा लैजाने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण