बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आजको मौसम : तराईमा कुहिरो र पहाडी क्षेत्रमा आंशिक बदली रहने

बिहीबार, ०१ माघ २०८२, ०८ : १२
बिहीबार, ०१ माघ २०८२

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिन अनुसार यसको प्रभावले देशका केही पहाडी भू-भागमा आंशिक बदली र तराईमा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानहरूमा भने हल्का कुहिरो लाग्ने सम्भावना छ। देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । 

यसैगरी, आज राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ। तराईका केही ठाउँहरूमा कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको र बाँकी क्षेत्रमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप