६ महिनामा ५ खर्ब ८१ अर्ब संकलन, पुसमा मात्रै उठ्यो झण्डै पौने २ खर्ब
सारांश
- आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
- पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा १ खर्ब ३० अर्ब कम राजस्व संकलन भयो।
- गत वर्षको तुलनामा पुस महिनामा १० अर्ब रुपैयाँले राजस्व बढेको छ, तर वार्षिक लक्ष्य पूरा गर्न अझै ९ खर्ब उठाउनु पर्नेछ।
काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांक अनुसार पुस ३० गतेसम्म सो बराबर राजस्व संकलन भएको हो । यो सङ्कलन सरकारको अर्धवार्षिक लक्ष्यको तुलनामा ८१.७५ प्रतिशत हो ।
सरकारले पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यो अवधिमा संकलित राजस्व रकम लक्ष्यको तुलनामा करिब १ खर्ब ३० अर्ब रुपैयाँ कम भएको अर्थ मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य सरकारको छ। हालसम्म संकलित राजस्व वार्षिक लक्ष्यको करिब ३९ प्रतिशत हो ।
आयकरको दोस्रो किस्ता बुझाउने समय भएकोले पुस महिनालाई राजस्व सङ्कलनका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ, त्यसैले अरू महिनाको तुलनामा त्रैमासको अन्तिम महिनामा बढी राजश्व उठ्छ ।
पुस महिनाको अवधिमा मात्रै सरकारले १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ सङ्कलन गरेको छ । यो महिनामा १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यको तुलनामा राजस्व संकलन ८९.९६ प्रतिशत हो । बुधबार अर्थात् पुस ३० गते मात्रै सरकारी खातामा २० अर्ब २६ करोड रुपैयाँ राजस्व दाखिला भएको देखिन्छ ।
गत वर्ष पुस मसान्तसम्म सरकारले ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो । गत वर्षको वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेकोमा पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ तोकिएको थियो ।
गत वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो । यससँग तुलना गर्दा गत वर्षको पुस महिनाको तुलनामा यस वर्षको पुस महिनामा राजस्व सङ्कलन १० अर्ब रुपैयाँले बढेको देखिन्छ भने ६ महिनाको समग्र सङ्कलनमा पनि १४ अर्ब रुपैयाँभन्दा बढीको सुधार देखिएको छ।
अब सरकारले वार्षिक लक्ष्य पूरा गर्न आगामी ६ महिनामा करिब ९ खर्ब रुपैयाँ सङ्कलन गर्नुपर्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण