महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ
बिहीबार, ०१ माघ २०८२, १६ : ११
सारांश
- सुर्खेतमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिकाका ५९ वर्षीय अनिराम तिमिल्सेना रहेका छन्।
- पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
सुर्खेत । सुर्खेतमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ५९ वर्षीय अनिराम तिमिल्सेनालाई प्रहरीले बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।
कालिकोटको शुभकालिका गाउँपालिका–२ स्थायी घर भएका तिमिल्सेनामाथि ती महिलालाई करणी गरेको आरोप लागेको छ। पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका तिमिल्सेनामाथि जबरजस्ती करणी मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाका बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण