बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उदयपुरमा भारतले निर्माण गरेको विद्यालय भवन उद्घाटन

बिहीबार, ०१ माघ २०८२, १६ : १६
बिहीबार, ०१ माघ २०८२

सारांश

  • उदयपुरको त्रियुगा नगरपालिकामा भारत सरकारको सहयोगमा बालमन्दिर मा.वि.को नयाँ भवन उद्घाटन गरियो।
  • भवनको संयुक्त उद्घाटन मेयर र भारतीय दूतावासकी द्वितीय सचिवले गरे।
  • नयाँ भवनले शैक्षिक वातावरण सुधार्ने अपेक्षा गरिएको छ, जसले विद्यार्थीको सिकाईमा सकारात्मक प्रभाव पार्नेछ।

उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ । बिहीबार त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् । 

नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिअनुसार विद्यालय भवन तथा अन्य संरचनाहरू उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको हो । परियोजनाको कार्यान्वयन त्रियुगा नगरपालिकामार्फत गरिएको जनाइएको छ ।

सन् १९८८ मा स्थापना भएको बालमन्दिर माध्यमिक विद्यालयले हाल पूर्व-प्राथमिक तहदेखि माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ । नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । नयाँ पूर्वाधारले यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउँदै विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पार्ने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

पछिल्ला वर्ष छिमेकी मुलुक भारत र नेपालबिच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहँदै आएको विज्ञप्तिमा जनाइएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत भुँइतहमा प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तार गर्नुका साथै सरकारले अघि बढाएका विकास प्रयासलाई सुदृढ बनाउन भारत सरकारको निरन्तर सहयोग प्रतिबिम्बित भएको दूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप