बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता

बिहीबार, ०१ माघ २०८२, १७ : ४३
बिहीबार, ०१ माघ २०८२

काठमाडाैँ । गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान कैदीहरू सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको अफगानिस्थानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

कानुन बमोजिम आवाश्यक कागजातको अभावका कारण विभिन्न पाकिस्तानी जेलहरुमा बन्दी बनाएर राखिएका कैदीहरू रिहा भए सँगै दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ ।

मन्त्रालयका अनुसार उनीहरुले आवाश्यक मानवीय सहयोग आफ्नो गृह प्रान्तमा पुग्नु अघि नै सीमाबाट भित्रिने वित्तिकै प्राप्त गरेका छन् ।

गत वर्षको जुलाईमा अफगान विदेश मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने ती मध्ये अधिकाशं छिमेकी इरान र पाकिस्तानमा कैद जिवन विताई रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप