आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

बिहीबार, ०१ माघ २०८२, २२ : ३८
बिहीबार, ०१ माघ २०८२

भक्तपुर । यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारको रु पाँच करोड र भक्तपुर नगरपालिकाको रु ६ करोड गरी कूल ११ करोड लागतमा मेसिन जडान गरिएको हो ।

भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालित ख्वप अस्पतालमा आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले सिटीस्क्यान सेवाको उद्घाटन गरे ।

नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनील प्रजापतिले नगरवासीका लागि सहज र गुणस्तरीय सेवा विस्तार गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याएको सिटीस्क्यान सेवाले अब महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

अस्पतालमा अत्याधुनिक १२८ स्लाइसदेखि २५६ स्लाइस फोटो खिच्ने क्षमताको सिटीस्क्यान मेसिन सञ्चालनमा ल्याएको अस्पतालका निमित्त निर्देशक डा मजेस प्रताप मल्लले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप