ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सारांश
- हुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भयो।
- दुर्घटना गल्फागाड- श्रीनगर सडक खण्डमा ढुङ्गा ओसार्ने क्रममा भयो।
हुम्ला । जिल्लामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका वडा नम्बर २ स्थित ठुला खोला भन्ने ठाउँमा भे २ त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षीय नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
उनका अनुसार बिहीबार साँझ साढे ५ बजेको समयमा गल्फागाड श्रीनगर सडक खण्डका लागि ढुङ्गा ओसार्ने क्रममा ठूलाखोलामा सडकबाट करिब एक सय मिटर तल ट्रयाक्टर खसेर दुर्घटना भएको हो । घटनाको वास्तविक कारण भने अनुसन्धान भइरहेको उनले बताए ।
कर्णाली करिडोरको गल्फागाडबाट श्रीनगरसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ । उक्त सडक निर्माणको लागि ढुङ्गा ओसारीरहेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण