सशस्त्र प्रहरीको सहयोगमा ‘हिटी’ पुनर्निर्माण
सारांश
- भोजपुरको ऐतिहासिक 'हिटी' धाराको सशस्त्र प्रहरीले पुनर्निर्माण गरेको छ।
- धारा निर्माणमा वडा कार्यालय र स्थानीयको पनि सहयोग रहेको छ।
- उपप्रमुख र प्रमुख जिल्ला अधिकारीले धाराको संयुक्त उद्घाटन गरे।
भोजपुर । भोजपुर नगरपालिका–८ स्थित ऐतिहासिक हिटी (धारा) को सशस्त्र प्रहरी बल नेपाल नं ५ गुल्म टक्सारको सहयोगमा पुनर्निर्माण गरिएको छ । सशस्त्र प्रहरी बलले द्रुत प्रभाव परियोजनाअन्तर्गत वडा कार्यालयसँगको सहकार्यमा हिटीको पुन निर्माणमा सहयोग गरेको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालाले वडा कार्यालयबाट विनियोजित रु एक लाख ७५ हजार र स्थानीय श्रमदानबाट रु ३१ हजार ६२५ को लागतमा धारा निर्माण सम्पन्न भएको बताए ।
हिटी निर्माण समितिका सचिव कोपिला राईले सशस्त्रसँगको सहकार्यले कम लागतमा पनि बढी काम गरिएको बताए । भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानले भने, “खानेपानीको अभाव हुन नदिन र भएका ऐतिहासिक धाराको संरक्षणका लागि वडाले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आइरहेको छ ।”
सशस्त्र प्रहरीको २५औँ दिवसको अवसर पारेर भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पा र प्रमुख जिल्ला अधिकारी राजन पौडेलले पुनर्निर्माण भएका धाराको संयुक्त रूपमा उद्घाटन गरे । पुराना ऐतिहासिक संरचनाको पुनर्निर्माण र संरक्षणमा भोजपुर नगरपालिकाले बजेटको व्यवस्थापन गर्दै आएको उपप्रमुख शेर्पाले बताइन् ।
स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएकाले वडा कार्यालय र सशस्त्र प्रहरीले वडावासीका लागि खानेपानी व्यवस्था गरेकामा यो कार्य प्रशंसायोग्य भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । विसं १९३६ मा स्थानीय पदमलाल कोइरालाले यहाँ हिटीधारा निर्माण गर्नुभएको थियो भने यसको संरक्षकमा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइमा
-
सम्झौतापछि रोक्का गरिएको इरानी सम्पत्ति तुरुन्त फुकुवा नहुने अमेरिकी स्पष्टोक्ति
-
कांग्रेसले माग्यो प्रधानमन्त्रीको अभिव्यक्ति र सीमा क्षेत्रमा भइरहेको अतिक्रमणबारे सरकारको जवाफ
-
अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग
-
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’
-
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण