नेकपाले थाल्यो टिकट बाँड्न
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भोजपुरका लागि पार्टी नेता अजम्बर काङमाङ राईलाई टिकट दिएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई टिकट दिएको भन्दै काङमाङ राईले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गरेका छन् ।
‘कमरेड प्रचण्डको हातबाट भोजपुरको प्रतिनिधि सभाको सदस्य पदका लागि नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट टिकट पाइयो,’ उनले लेखेका छन्, ‘क. प्रचण्डबाट निर्वाचन सफलताको शुभकामना र भावी राजनीतिक मार्गचित्रकाबारे सुस्पष्ट शुभकामना पनि ग्रहण गरियो । सम्पूर्ण परिवर्तनकामी आदरणीय भोजपुरे जनतालाई चुनाव चिह्न ‘तारा’मा मतदान गरी विजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’
यसअघि भोजपुरबाट तत्कालीन माओवादीका तर्फबाट सुदन किराँतीले टिकट पाएर विजयी भएका थिए । उनी हाल प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध छन् ।
सोही जिल्लाबाट नेकपा एमालेले पार्टीका सचिव शेरधन राईको एकल नाम सिफारिस गरेको छ । कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छैन भने नेकपा (माओवादी)ले दिपेश राई तथा हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट ध्रुव राईले टिकट पाउने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण