मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले विराटनगरको देवकोटा चोकस्थितस्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरे। योसँगै आजै मोरङका छवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
वेलबारी, उर्लाबारी, रतुवामाई नगरपालिका, विराटनगरको कोशी प्रोजेक्ट तथा विराटनगरको पोखरियास्थित बाल उद्यान केन्द्र तथा जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत प्रसाईँले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बनाइएको जानकारी दिए । यही माघ ४ गते आगामी निर्वाचन सम्बन्धमा जिल्लाका सबै राजनीतिक दलहरूसँग सर्वदलीय छलफल गर्ने उनले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक एसपी कबित कटवाल, प्रदेश निर्वाचन अधिकारी चोलाराज दङ्गाललगायतको सहभागिता थियो । प्रतिनिधिसभा निर्वाचनमा मोरङको छवटा निर्वाचन क्षेत्रमा ३०६ वटा मतदानस्थल र ८८८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
मोरङमा सात लाख ८३ हजार ५० मतदाता रहेका छन् । त्यसमध्ये पुरुष तीन लाख ९९ हजार ६८६ र महिला तीन लाख ८३ हजार ३५७ तथा अन्यमा सात जना रहेको निर्वाचन कार्यालयका प्रमुख दङ्गालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग
-
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’
-
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग कायमै
-
समीक्षाको गीत ‘देशै छोडेर’मा रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा
-
अर्थमन्त्री डा. वाग्लेलाई पहिलो नम्बरमा ‘टि स्टेट’को फाइल खोल्न एमालेको चेतावनी
-
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण