देशलाई आगो लगाउनेहरूलाई चुनावबाटै पाखा लगाउनुपर्छ : केपी ओली
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा अराजकता फैलाउने तत्त्वलाई पराजित गर्नुपर्ने बताए।
- उनले लोकतन्त्र बचाउन यस्ता समूहलाई चुनावबाटै हराउनुपर्ने धारणा राखे।
- ओलीले देशलाई अस्थिरतातिर धकेल्नेहरूलाई पराजित गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता फैलाउने र ‘देशलाई आगो लगाउने’ तत्त्वलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्र रक्षाका लागि यस्ता समूहलाई बेलैमा चिनेर चुनावबाटै किनारा लगाउनुपर्ने धारणा राखे ।
ओलीले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग एमालेको कुनै प्रतिस्पर्धा नरहेको दाबी गरे । लोकतन्त्र नै नरहे प्रतिस्पर्धाको अर्थ नहुने भन्दै उनले अहिलेको मुख्य आवश्यकता लोकतन्त्र बचाउनु भएको बताए । उनले भने, ‘हाम्रो प्रतिस्पर्धा देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग छँदै छैन । लोकतन्त्र बच्यो भने न प्रतिस्पर्धा गर्ने हो, लोकतन्त्र नै बचेन भने केमा प्रतिस्पर्धा गर्ने ?’
अध्यक्ष ओलीले असंवैधानिक र लोकतन्त्रविरोधी गतिविधि गर्ने तथा देशलाई अस्थिरतातिर धकेल्नेहरूलाई पराजित गर्नुपर्नेमा जोड दिए । उनले केही तत्त्वहरूले देशमा संविधान, राजनीति, दल र नेताहरू नै नचाहिने भन्दै आतंक मच्चाइरहेको आरोप लगाए । देशलाई नीतिहीन र थितिहीन अवस्थामा पुर्याएर अराजकताको राज्य बनाउन खोज्नेहरूलाई चिन्न कार्यकर्तालाई उनले निर्देशन दिए ।
उनले अहिलेको लडाइँ लोकतन्त्र मास्न खोज्ने र देशमा आगो लगाउन खोज्नेविरुद्ध भएको भन्दै लोकतन्त्रवादी शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए । संविधान र राजनीति सिध्याउन खोज्ने अराजक तत्त्वहरू नै अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण