तनहुँमा एक युवक मृत फेला
तनहुँ । यहाँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडक खण्डमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी घर भई सोही नगरपालिकाको वडा नम्बर ५ बेलचौतारा बस्ने २६ वर्षीय संसार भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकबाट अन्दाजी ४०/५० मिटर तल रुपाकुना खोलाको खोँचमा मोटरसाइकलसहित खसेको अवस्थामा निजलाई मृत भेटिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ ।
बिहीबार दिउँसो भिमादमा जारी भलिबल प्रतियोगिता हेर्न जान्छु भनेर घरबाट निस्किएका भुजेल आजसम्म घर नफर्किएपछि परिवारले इलाका प्रहरी कार्यालय बेलचौतारामा निवेदन दिएको थियो । इलाका प्रहरी कार्यालय खोजतलासका क्रममा निजलाई आज साँझ ६ बजे मृत अवस्थामा फेला पारेको जनाएको छ ।
-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण